१४ आश्विन २०८१, सोमबार

भ्रष्टाचारबिरुद्ध र सुशासनको पक्षमा गरेका कामले नयाँ आशाको रक्तसञ्चार गराएको छ : प्रधानमन्त्री प्रचण्ड

प्रकाशित मिति :  30 July, 2023 5:11 pm


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले भ्रष्टचारबिरुद्ध र सुशासनको पक्षमा गरेका महत्वपूर्ण कामले जनतामा नयाँ आशाको रक्तसञ्चार गराएको दाबी गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डले पछिल्लो समय गरेका भ्रष्टाचारबिरुद्ध र सुशासनको पक्षमा चालेको कदमहरुले जनतामा नयाँ आशासहितको नयाँ राष्ट्रिय एकता र समुन्नतिको जग खडा हुँदै गएको उल्लेख गरे ।

उनले भने,“सरकार गठनको ७ महिनाको अवधिसम्म पुग्दा जेजति मेहनत भएको छ । जे जति प्रयास भएको छ । यसबाट जे जति उपलब्धि हासिल हुँदैछन् । त्यसले देश र जनताको पक्षमा इमान्दार भएर क्रियाशील रहँदा जस्तासुकै चुनौति छिचोलेर जान सकिन्छ भन्ने विश्वास दिलाउँदै गएको छ । पछिल्लो समय भ्रष्टाचारका बिरुद्ध र सुशासनको पक्षमा महत्वपूर्ण प्रयास गरिएका छन् ।”

काठमाडाैँमा आयोजित स्वर्गीय माधवप्रसाद मरहट्ठाको स्मृतिमा लेखिएको पुस्तक ‘माधव सर’को लोकार्पण कार्यक्रममा बोल्दै उनले ७ महिनाको अवधिमा सरकारले हासिल गरेका उपलब्धिहरुले इमान्दार भएर क्रियाशील रहँदा जस्तासुकै चुनौति छिचोलेर पनि अघि बढ्न सकिन्छ भन्ने विश्वास आफूलाई दिएको बताए ।

प्रधानमन्त्री प्रचण्डले सरकारको भ्रष्टाचार बिरोधी अभियानमा दृढतापूर्वक साथ दिएको भन्दै आम नागरिकप्रति आभार पनि व्यक्त गरे ।



प्रतिक्रिया दिनुहोस !