१४ आश्विन २०८१, सोमबार

समाजवादी मोर्चामा आवद्ध हुन सबै पार्टीलाई माधव नेपालको आग्रह

प्रकाशित मिति :  30 July, 2023 5:30 pm


काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सबै राजनीतिक दलहरूलाई समाजवादी मोर्चामा आउन आह्वान गरेका छन् ।

आइतबार समाजवादी मोर्चामा आवद्ध पार्टी निकटका विद्यार्थी संगठनहरूले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले राष्ट्र र जनताको हितका निम्ति समाजवादी मोर्चामा आउन आह्वान गरेका बताएका छन् ।

उनले देशको हित हुने नीति अवलम्बन गर्न र जनताको चाहना अनुरूपको परिपाटी बसाल्नका निम्ति पनि राजनीतिक दलहरूका बिचमा एकताको आवश्यकता रहेको बताए ।

अध्यक्ष नेपालले भ्रष्टाचार, अत्याचार, शोषण, उत्पीडन र असमानता हटाउनका लागि एकतावद्ध हुनुपर्ने बताए । उनले समानता, समृद्धि र न्यायको नाम नै समाजवाद भएको भन्दै समाजवाद स्थापनाका परिवेश निर्माण गर्न सबै लाग्नुपर्ने बताएका छन् ।



प्रतिक्रिया दिनुहोस !