१४ आश्विन २०८१, सोमबार

बिहार संग्रालयको कला प्रदर्शनीमा नेपाल पनि सहभागी हुने

प्रकाशित मिति :  30 July, 2023 9:08 pm


काठमाडौँ । नेपाल पनि भारतको बिहार संग्रालयले आयोजना गर्ने अन्तर्राष्ट्रिय कला तथा सांस्कृतिक प्रदर्शनीमा भाग लिने भएको छ ।

नेपाल कला परिषद्ले आइतबार काठमाडौँमा पत्रकार सम्मेलन गरी नेपालले पनि सो प्रदर्शनीमा भाग लिन लागेको औपचारिक जानकारी गराएको हो । यही श्रावण २२ देखि असोज २० गतेसम्म आयोजना हुने सो प्रदर्शनीका लागि नेपालले ६६ वटा कलाकारका २०५ वटा उत्कृष्ट कला र संस्कृति झल्काउने खालका तस्बिरहरू प्रदर्शनीका लागि पठाउने काम भइसकेको पनि परिषद्का अध्यक्ष सागरसमशेर जबराले बताए ।

नेपाललाई सो प्रदर्शनीमा देवीदेवतासँग सम्बन्धित कला र संस्कृति झल्काउने तस्बिरहरू प्रदर्शन गर्ने अवसर सो संग्राहलयले उपलब्ध गराएको छ । नेपालको कला र संस्कृतिलाई फेरि विश्वमाझ अझ परिचित गराउने अवसर सो प्रदर्शनीबाट हुने विश्वास समेत परिषद्ले लिएको छ ।

अध्यक्ष जबराले त्यो काममा व्यापक प्रचार तथा प्रसार गरिदिन पनि नेपालका सञ्चार माध्यामहरूलाई आग्रह गरे ।

सो प्रदर्शनीमा नेपालसहित रशिया, इजरायल, क्रोष्टारिका र पानमाको पनि विशेष प्रदर्शनीहरू हुनेछ । नेपालले यसअघि पनि विश्व प्रसिद्ध वेल्ट संग्राहलयमा आफ्नो कला र संस्कृति झल्कने खालका कला प्रदर्शनीमा भाग लिएको थियो ।



प्रतिक्रिया दिनुहोस !