१४ आश्विन २०८१, सोमबार

अब क्युआर भुक्तानीकाे कन्फर्मेसन एलईडीमै हेर्न मिल्ने, स्मार्ट क्युआरको नोटिफिकेशन सेवा सुरु

प्रकाशित मिति :  31 July, 2023 7:00 am


काठमाडाैँ । क्युआर मार्फत हुने कारोबार पूर्ण भएको जानकारीको लागि कुर्न पर्ने बाध्यता हट्ने भएकाे छ ।  टेलिकम नेटवर्कमा समस्या आउँदा वा एसएमएस प्राप्तिमा ढिलाइ हुँदा तथा कहिलेकाहीँ एसएमएस प्राप्त नहुँदा मर्चेन्टहरूलाई कारोबार पुरा भएको यकिन गर्न कठिन हुने समस्या हट्ने भएकाे हाे । 

स्मार्ट च्वाइस टेक्नोलोजी लिमिटेडद्वारा सञ्चालित स्मार्ट क्युआर नेटवर्कमा आबद्ध मर्चेन्टहरूले एलईडी बोर्डमा  क्युआर भुक्तानी को रियल–टाइम अलर्ट प्राप्त गर्न सक्ने भएका छन् ।

अब ग्राहकहरूको चाप धेरै भएको  मर्चेन्ट लोकेसनमा  एसएमएस मार्फत कारोबारको यकिन गर्दा समय खेर जाने समस्या हट्ने नयाँ सेवा ल्याइएकाे हाे। हाल एसएमएस प्राप्त हुन नसकेको अवस्थामा कारोबार यकिन गर्न नसक्दा ग्राहक तथा मर्चेन्ट दुवै लाई अप्ठ्यारो भएकाे गुनासाे छ । 

एलईडी  स्क्रिन  जडान गर्न सजिलो र सरल रहेकाे एस सिटि जनाएकाे छ। स्मार्ट क्युआरमा आबद्ध बैङ्क तथा वित्तीय संस्था तथा भुक्तानी सेवा प्रदायक वालेट कम्पनीहरू द्वारा स्मार्ट क्युआरमा दर्ता भएका कुनै पनि मर्चेन्टहरूले यो सुविधा लिन सक्नेछन् ।  

मोबाइल एपद्वारा नै नेटवर्क तथा स्क्रिनको  ब्राइटनेश पनि मिलाउन सकिन्छ । स्क्रिनमै  कारोबारको रकम देख्न सकिने भएकाले भिडभाड तथा हल्ला खल्ला हुने ठाउँमा यो प्रविधि निकै नै उपयुक्त  तथा प्रभावकारी रहने दाबी कम्पनीकाे छ ।  

पाथीभरा सेन्सर सोलुसनको सहकार्यमा स्मार्ट च्वाइस टेक्नोलोजीले यो सेवा सुरु गरेको हो ।  सेवा लिन  इच्छुक ग्राहकहरूले स्मार्ट क्युआरमा आबद्ध बैक तथा वालेटहरूमा गई यो सुविधाको लागि आवेदन दिन  सक्ने जनाइएकाे छ।



प्रतिक्रिया दिनुहोस !