१४ आश्विन २०८१, सोमबार

चार प्रदेशमा भारी वर्षाकाे सम्भावना, यातायात प्रभावित हुन सक्ने

प्रकाशित मिति :  31 July, 2023 6:54 am


काठमाडाैँ । देशका पहाडी भू-भागका केही र बाँकी भू-भागका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा माैसम विज्ञान विभागले जनाएकाे छ । 

विभागका अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ । 

मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाका कारण हुन सक्ने नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो तथा भू-क्षय जस्ता प्रकोप, जन-स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन विभागले अनुराेध गरेकाे छ । 



प्रतिक्रिया दिनुहोस !