१४ आश्विन २०८१, सोमबार

माओवादी केन्द्रले केन्द्रीय समिति बैठक ‘लाइभ’ गर्ने

प्रकाशित मिति :  31 July, 2023 11:31 am


काठमाडौँ । नेकपा माओवादी केन्द्रले आफ्नो केन्द्रीय समिति बैठक लाइभ गर्ने भएको छ । कमिटी बैठकका एजेन्डा तय गर्नका लागि सोमबार बिहान बालुवाटारमा बसेको पदाधिकारी बैठकले सो निर्णय गरेको जनाइएकाे छ ।

पार्टीका विधान अधिवेशनलगायतका विषयमा छलफल गर्नका लागि माओवादीले साउन १७ गते केन्द्रीय समिति बैठक बोलाएको छ । बैठक पाँच दिनसम्म चलाउने पनि आजको बैठकले निर्णय गरेको छ ।

यसअघि नेपाली कांग्रेसले आफ्नो केन्द्रीय कार्यसमितिको बैठक लाइभ गरेको थियो ।



प्रतिक्रिया दिनुहोस !