१४ आश्विन २०८१, सोमबार

प्रधानमन्त्री निवास अगाडि निर्माण व्यवसायीको प्रदर्शन

प्रकाशित मिति :  31 July, 2023 11:40 am


काठमाडौँ । निर्माण व्यवसायीहरूले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार घेराउ गरेका छन् । सोमबार निर्माण व्यवसायीहरूले सरकारले आयोजनाहरूको म्याद थपको आदेश र भुक्तानी लगायतका विषयलाई लिएर अगाडि सेफ्टी हेल्मेट र ज्याकेट लगाएर प्रधानमन्त्री निवास बालुवाटार घेराउ गरेका हुन् ।

निर्माण व्यवसायीहरूले बिहान १० देखि ११ बजेसम्म प्रधानमन्त्री निवास घेराउ गरेका हुन् । व्यवसायीहरूले केही दिनयता निर्माण कार्यमा भुक्तानी र म्याद थप लगायतका ९ बुँदे मागसहित आन्दोलन गर्दै आएका छन् । आइतबार मात्रै खार्वजनिक खरिद अनुगमन कार्यालयमा घेराउ गरेका थिए ।

महासंघका अध्यक्ष रवि सिंहले निर्माण व्यवसायीहरूका माग सम्बोधन नभएसम्म प्रधानमन्त्री निवास अगाडि आजदेखि निरन्तर धर्ना दिने बताए । उनले लामो समयदेखि निर्माण व्यवसायीहरूलाई परेको समस्या सरकारले गम्भिर रूपमा नलिएको कारण आन्दोलन गर्न बाध्य भएको बताए ।

उनले सरकारले निर्माण आयोजनाहरूको प्रत्येक वर्ष म्याद थप गर्ने तर निर्माण आयोजनाहरू नसकिनुको प्रमुख कारण सरकारले निर्माण उद्योगलाई प्राथमिकता नदिनु भएको बताए।

करिव ४ खर्ब बराबरका आयोजनाहरूको म्याद थप हुन लागेको भन्दै अधिकांश योजनाहरूमा बजेट व्यवस्थापन समेत नभएको सिंहकाे भनाइ छ । उनले सरकारले भुक्तानी गर्न नसक्ने योजनाहरू तत्काल खारेज गर्न माग गरे ।

व्यवसायीहरूले सार्वजनिक खरिद अनुगमन अघि सार्वजनिक खरिद ऐन तथा नियमावली तत्काल संशोधन गर,सम्पूर्ण ठेक्काको एकमुष्ट म्याद थप गर,जुन सुकै अवधिको ठेक्काको मूल्य समायोजन गर,व्यवहारिक माइल स्टाेन खारेज गर,गुणस्तर र समयमा निर्माण हाम्रो प्रतिवद्धता,उपभोक्ताबाट निर्माण कार्य गर्ने नियम खारेज गर, खरिद नियमावलीको नियमलाई कडाईका साथ लागू गर, र निर्माण व्यवसायी एकता जिन्दावाद लेखेको प्लेकार्ड लिएर प्रदर्शन गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !