१४ आश्विन २०८१, सोमबार

प्रधानमन्त्री र राजनीतिक दलका मुख्य सचेतकहरुबीच भेटवार्ता

प्रकाशित मिति :  31 July, 2023 1:29 pm


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सङ्घीय संसदको काम कारबाहीलाई प्रभावकारी बनाउन राजनीतिक दलका मुख्य सचेतकसँग छलफल गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको छलफलमा सरकारले अगाडि बढाएका महत्वपूर्ण विधेयकको प्रक्रिया अगाडि नबढेकामा चासो व्यक्त गरेको स्रोतले जनाएको छ ।

छलफलमा नेपाली कांग्रेसका मुख्य सचेतक रमेश लेखक, नेकपा माओवादी केन्द्रका मुख्य सचेतक हितराज पाण्डे र राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियार सहभागी थिए ।

सरकारले अगाडि बढाएको महत्वपूर्ण विधेयक प्रक्रियामा लैजान ढिलाइ भएकामा चासो व्यक्त गर्दै प्रधानमन्त्रीले संसदीय गतिविधिलाई थप प्रभावकारी बनाउन प्रमुख सचेतकसँग छलफल भएको प्रधानमन्त्री प्रचण्डका प्रेस विज्ञ मनोहरि तिमिल्सिनाले जानकारी दिए ।

छलफलमा संसदमा जारी अवरोध हटाउने विषयमा समेत कुरा भएको तिमिल्सिनाले बताए ।



प्रतिक्रिया दिनुहोस !