१४ आश्विन २०८१, सोमबार

सूचना प्रविधिको विकास सरकारको प्राथमिकतामा छ : मन्त्री शर्मा

प्रकाशित मिति :  31 July, 2023 2:47 pm


काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना प्रविधिको विकासका लागि राष्ट्रिय प्राथमिकतामा राखेर काम गरिरहेको बताएकी छन् ।

सोमबार सर्वाङ्गीण विकास अध्ययन संस्था (आईआईडीएस) ले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री शर्माले सरकारले व्यवस्थित रूपमा ऐन कानूनहरूलाई परिमार्जन गरेर सूचना प्रविधिको क्षेत्रलाई व्यवस्थित गरी मुलुकको अर्थतन्त्रको महत्वपूर्ण आधार बन्ने बताइएकी हुन् ।

‘सरकारले व्यवस्थित रुपमा ऐन कानूनहरुलाई परिमार्जन गरेर सूचना प्रविधिको क्षेत्रलाई व्यवस्थित गर्ने हो भने मुलुकको अर्थतन्त्रको महत्वपूर्ण आधारको रुपमा हुनेछ । यसलाई व्यवस्थित गर्नुपर्छ भन्ने लागेको छ’ मन्त्री शर्माले भनिन्, ‘अब नेपालबाट विदेशमा श्रमिक होइन सेवा निर्यात गर्नसक्छौं । यसका लागि सरकारले सूचना प्र्रविधिलाई राष्ट्रिय प्राथमिकतामा राखेर काम अगाडि बढाएको छ । विज्ञहरुको सुझाव लिएर सरकारले नयाँ कार्यक्रमको थालनी र पुराना कार्यक्रमको परिमार्जन गरी अघि बढ्ने छ ।’

उनले सूचना प्रविधिको विकासका लागि सरकारले हरसम्भव प्रयास गरिरहेको बताइन् । मन्त्री शर्माले अब नेपालबाट विदेशमा श्रमिक नभएर सेवा निर्यात गर्न सक्नुपर्ने बताइन् । उनले यसका लागि सरकारले सूचना प्र्रविधिलाई राष्ट्रिय प्राथमिकतामा राखेर काम अगाडि बढाएको बताइन् । उनले विज्ञहरुको सुझाव लिएर सरकारले नयाँ कार्यक्रमको थालनी र पुराना कार्यक्रमको परिमार्जन गरी अघि बढ्ने उल्लेख गरिन् ।

शर्माले नेपालले पनि सूचना प्रविधिको क्षेत्रलाई विकास गर्न सबैको सहकार्य आवश्यक रहेको बताइन् । उनले प्रविधिको क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकार तयार रहेको पनि बताइन् ।



प्रतिक्रिया दिनुहोस !