१४ आश्विन २०८१, सोमबार

चार प्रदेशमा भारी वर्षाकाे सम्भावना, नदीकाे जलतह बढ्ने

प्रकाशित मिति :  1 August, 2023 7:31 am


काठमाडाैँ । मंगलवार चार प्रदेशमा भारी वर्षाकाे सम्भावना रहेकाे जल तथा माैसम विज्ञान विभागले जनाएकाे छ। 

विभागका अनुसार बागमती, गण्डकी, लुम्बिनी र  कर्णाली प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ । 

भारी वर्षाले नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो तथा भू-क्षय जस्ता प्रकोप हुन सक्ने देखिएकाे विभागकाे माैसम पूर्वामनुमान बुलेटिनमा उल्लेख छ।

जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा  हुन सक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन विभागले अनुराेध गरेकाे छ । 

त्यसगरी कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही र बाँकी भू-भागका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएकाे छ ।



प्रतिक्रिया दिनुहोस !