१० मंसिर २०८१, सोमबार

नेपाल चामल तेल–दाल उद्योग संघको अध्यक्षमा दुगड, यस्ताे छ नयाँ कार्य समिति 

प्रकाशित मिति :  1 August, 2023 7:58 am


काठमाडौँ । नेपाल चामल तेल–दाल उद्योग संघको नयाँ कार्य समिति निर्विरोध चयन भएको छ। 

काठमाडाैँमा सम्पन्न भएको ४४ औं वार्षिक साधारण सभाले कुमुद कुमार दुगडको अध्यक्षतामा आगामी २ बर्षको लागि नयाँ कार्य समिति निर्विरोध चयन गरेको हो । दुगडले यसअघि दुई  कार्यकाल संघको अध्यक्ष भई नेतृत्व गरिसकेका छन् । 

निवर्तमान अध्यक्ष डा. सुबोध कुमार गुप्ता, प्रथम उपाध्यक्षमा राम थापा, द्वितिय उपाध्यक्षमा राहुल अग्रवाल, महासचिवमा दिपक कुमार पौडेल, उप–महासचिवमा धिरज गोल्छा, कोषाध्यक्षमा रतन लाल केडिया लगायतको कार्यसमिति निर्विराेध चयन भएको हाे ।



प्रतिक्रिया दिनुहोस !