१४ आश्विन २०८१, सोमबार

स्याङ्जामा कार दुर्घटना हुदाँ तीन जना घाइते

प्रकाशित मिति :  1 August, 2023 10:50 am


काठमाडौँ । स्याङ्जाको गल्याङ नगरपालिका वडा नम्बर १ मालुङ्गामा हिजाे (सोमबार) राति कार दुर्घटना हुँदा तीन जना घाइते भएका छन् ।

सिद्धार्थ राजमार्गअन्तर्गत गल्याङ नगरपालिका वडा नम्बर १ मालुङ्गामा बुटवलबाट पोखरातर्फ आउँदै गरेको ग २ च २१७४ नम्बरको कार आफै अनियन्त्रित भई सडकदेखि अन्दाजी ३०० मिटर तल खस्दा तीन जना घाइते भएको प्रहरी बताएको छ ।

घाइते हुनेमा सवारी चालक कास्की पोखरा महानगरपालिका वडा नम्बर ११ बस्ने ४३ वर्षीय सुमन गुरुङ, वडा नम्बर ३० बस्ने २८ वर्षीय उत्तम भण्डारी र वडा नम्बर ५ बस्ने ३५ वर्षीय सन्दिप थकाली रहेका छन् ।

घाइतेहरूलाई गल्याङ नगर अस्पतालमा प्राथमिक उपचार गरि थप उपचारको लागि मनिपाल शिक्षण अस्पताल पोखरा रिफर गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !