१४ आश्विन २०८१, सोमबार

कोशी प्रदेशका सभामुखले बाबुराम गौतम राजीनाम दिने तयारीमा

प्रकाशित मिति :  1 August, 2023 11:31 am


काठमाडौं । कोशी प्रदेशमा सभामुख बाबुराम गौतमले आज राजिनामा दिने भएका छन् । नयाँ सरकार गठनको लागि सभामुखले राजिनामा दिएसँगै बहुमतसहित सरकार गठनको दाबी प्रदेश प्रमुखसमक्ष पेश गर्ने सत्तागठबन्धनको तयारी रहेको छ ।

कोशी प्रदेशमा नयाँ सरकार गठनका लागि दाबी पेश गर्ने आज अन्तिम दिन हो । सर्वोच्च अदालतले यसअघि गठन गरेको नेपाली कांग्रेसको सरकारलाई अवैधानिक करार गरिदिए पछि पुनः आह्वान भए अनुसार आज समय सीमा सकिँदैछ ।

नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले दिएको समयसीमा आज साँझ ५ बजे सकिँदै छ। त्यसअघि कोशीका सभामुख बाबुराम गौतमले राजीनामा दिने नेकपा माओवादीका केन्द्रका सांसद दुर्गा चापागाईंले जानकारी दिए।

उृनका अनुसार त्यसपछि समयसीमा अघि नै मुख्यमन्त्री पदका लागि गठबन्धनले प्रदेश प्रमुखसमक्ष दाबी पेस गर्ने तयारी गरेको छ।

यसअघि सभामुखसमेतको हस्ताक्षर प्रयोग गरी बहुमत पुर्‍याएर गठबन्धनले कांग्रेस नेता उद्धव थापालाई मुख्यमन्त्री बनाएको थियो।

तर एमालेले दिएको रिट निवेदनमा सुनुवाइ गर्दै सर्वोच्च अदालतले उनको नियुक्ति असंवैधानिक ठहर गरेपछि त्यहाँ पुनः नयाँ सरकार गठनको आह्वान भएको हो।



प्रतिक्रिया दिनुहोस !