११ मंसिर २०८१, मंगलबार

रुकुम पूर्वका स्थानीय तहद्वारा मजदूरको उद्धार

प्रकाशित मिति :  23 April, 2020 8:02 am


रुकुम पूर्व, ११ वैशाख ।

कामका सिलसिलामा जिल्ला बाहिर गएर फर्किँदै गरेका मजदूरलाई रुकुम (पूर्व) का स्थानीय तहले उद्धार गरेका छन् । इँटाभट्टामा मजदूरी गरेर फर्कँदै गरेका मजदूरहरुलाई बीच बाटामा अलपत्र परेपछि स्थानीय तहले उद्धार गरेर गन्तव्यमा पु¥याएका हुन् ।

भक्तपुरको इँटाउद्योगमा काम गर्ने भूमे र पुथाउत्तरगंगा गाउँपालिकाका १ सय ३३ जनाको रोल्पाबाट उद्धार गरिएको छ ।

लकडाउनका कारण भक्तपुरमा अलपत्र परेका प्रदेश नं ५ का विभिन्न जिल्लाका मजदूरसँगै उनीहरुलाई पनि ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन र शिक्षा तथा स्वास्थ्य समिति सभापति जयपुरी घर्तीले उद्धार गरेर रोल्पासम्म पठाएका थिए ।

उनीहरुलाई भूमे गाउँपालिकाले रोल्पाको होलेरीबाट उद्धार गरेर गाउँपालिकासम्म ल्याएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रसिंह श्रेष्ठले जानकारी दिए ।

रोल्पाबाट उद्धार गरीएका सबैलाई हिजो बुधबार स्वास्थ्य जाँच गरी दुई सातासम्म होम क्वारेन्टाइनमा बस्न भनिएको छ ।
उनीहरुको स्वास्थ्यवस्था सामान्य रहेको गाउँपालिकाले जनाएको छ ।

यसैगरी धादिङ इँटाभट्टामा काम गर्ने सिस्ने –५ का तीन जनालाई पनि रुकुम(पश्चिम)को सोलाबाङबाट उद्धार गरिएको छ । मजदूरीका लागि धादिङ पुगेका उनीहरु कोरोना महामारीका कारण सरकारले लकडाउन घोषणा गरेपछि उनीहरु कतै पैदल हिँडेर तथा कतै विभिन्न स्थानीय तहको सहयोगमा सवारी साधनमार्फत सोलाबाङ पुगेका थिए ।

उनीहरुलाई पनि सिस्ने गाउँपालिकाले सोलाबाङ पुगी उद्धार गरेर घरसम्म पु¥याएको गाउँपालिका अध्यक्ष कुमारी बरालले जानकारी दिईन् ।

उनीहरुलाई जिल्ला अस्पताल रुकुम९पूर्व०मा स्वास्थ्य परीक्षण गरी घर पठाइएको तर कोरोनाको कुनै लक्षण नदेखिएको अस्पतालले जनाए पनि १४ दिनसम्म होम क्वारेन्टाइनमा बस्न भनिएको अध्यक्ष बरालले बताए ।



प्रतिक्रिया दिनुहोस !