१४ आश्विन २०८१, सोमबार

भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आएपनि तत्काल लागू नहुने

प्रकाशित मिति :  1 August, 2023 2:59 pm


काठमाडौं । भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आएको छ। नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धन नयाँ मूल्यसूची सार्वजनिक गरेको छ ।

भारतीय आयल कर्पोरेसन (आईओसी)ले पेट्रोल र डिजेलको मल्य बढाएर नेपाल आयल निगमलाई नयाँ मूल्यसूची पठाए हो ।

नयाँ मूल्यसूचीअनुसार प्रतिलिटर पेट्रोलमा ७।८७ रुपैयाँ र डिजेल ६.६१ रुपैयाँ प्रतिलिटर मट्टीतेलमा साढे ७ रुपैयाँ र हवाई इन्धनमा ८ रुपैयाँले बढेर आएको आयल निगमले जनाएको छ ।

निगमका अनुसार पेट्रोलमा ८ रुपैयाँ, डिजेलमा ७ रुपैयाँ, मट्टितेलमा ७ रुपैयाँ र हवाई इन्धनमा ८ रुपैयाँ बढेर आएको छ। त्यसबाहेक एलपीजी ग्यासको मूल्य भने प्रतिसिलिन्डर एक सय रुपैयाँले घटेर आएको छ ।

निगमले स्वचालित मूल्य प्रणाली लागू गरेको हुनाले तत्काल मूल्य घटबढ नहुने जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !