१४ आश्विन २०८१, सोमबार

२८ अंकले घट्यो नेप्से, अपर तामाकोशीको सर्वाधिक कारोबार

प्रकाशित मिति :  1 August, 2023 3:15 pm


काठमाडौं । साताको कारोबारको तेस्रो दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलबार सेयर मापक सूचक २८.५९ अंकले बढेर २०७७.५८ अंकमा पुगेको छ ।

राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ परिसूचक ५.१३ अंकले बढेर ३९६.७२ अंकमा पुगेको छ ।

आज नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये म्यूचुअल फण्ड उपसमुह बाहेक सबै उपमुहको सेयरमूल्य घटेको छ ।

मंगलबार कारोबार रकमका आधारमा अपर तामाकोशी अग्रस्थानमा रहेको छ । कम्पनीको ८ करोड ७२ लाख २६ हजार ७ सय ६२ रुपैयाँको कारोबार भएको छ ।

आजको दिन सुपर मादी हाइडो पावरका लगानीकर्ताले सबैभनददा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य २.५५ प्रतिशतले बढेको छ ।

त्यस्तै आजको दिन कालिका लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको सेयरमूल्य ६.५४ प्रतिशतले घटेको छ ।

कुल २६२ कम्पनीको ४० हजार ८ सय ३७ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ९२ करोड ४४ लाख ३४ हजार ८ सय ९९ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !