१४ आश्विन २०८१, सोमबार

प्रतिनिधिसभाको बैठक साउन २२ गतेसम्मका लागि स्थगित

प्रकाशित मिति :  1 August, 2023 4:17 pm


फाइल फाेटाे।

काठमाडौं । सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी नेकपा एमालेबीच सहमति हुन नसकेपछि प्रतिनिधिसभा बैठक एकहप्ताको लागि स्थगित भएको छ ।

मंगलबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक सभामुख देवराज घिमिरेले सूचना टाँस गरी आगामी साउन २२ गतेसम्मका लागि स्थगित भएको जानकारी गराएका हुन्।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सुन तस्करी प्रकरणमा उच्च स्तरीय छानबिन समिति गठनको माग बैठक अवरुद्ध गरेको छ । छानविन समिति बनाउन सत्तारुढ दल सहमत नहुँदा समस्या देखिएको एक सांसदले बताए ।



प्रतिक्रिया दिनुहोस !