१४ आश्विन २०८१, सोमबार

संवैधानिक परिषद् बैठक निष्कर्षविहीन : १८ गते अर्को बैठक बस्ने

प्रकाशित मिति :  1 August, 2023 6:43 pm


;+j}wflgs kl/ifb\sf] a}7s sf7df8f}F, !^ ;fpgM k|wfgdGqL sfof{no l;+xb/af/df dª\unaf/ a;]sf] ;+j}wflgs kl/ifb\sf] a}7s . tl:a/M k|bLk/fh jGt÷/f;;

काठमाडौँ । संवैधानिक परिषद्को बैठक बिना निस्कर्ष सकिएको छ ।  मंगलबार अपराह्न सिंहदरबारमा डेढ घण्टा बसेको परिषद् बैठक निष्कर्षविहीन बनेको हो । 

नयाँ प्रधानन्यायाधीशकाे नाम सिफारिस गर्ने एजेण्डामा बसेको बैठकमा भावि प्रधानन्यायाधीशको नाम समेत बैठकमा प्रस्ताव नभएको राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बताए । उनले अर्को बैठक साउन १८ गते साँझ ५ बजे बस्नेगरी बैठक स्थगित भएको बताए ।

उनले भने, ‘१८ गते ५ बजे अर्को बैठक बस्नेगरी आज हामी उठ्यौँ । प्रधानन्यायाधीशको लागि नाम सिफारिस गर्ने एजेण्डा थियो । १८ गते ५ बजे प्रधानन्यायाधीश लगायन रिक्त संवैधानिक पदहरुको बारेमा छलफल गर्नेगरी बैठक स्थगित भयो । नाममा प्रवेश नै भएन ।’

आगामी बैठकमा प्रधानन्यायाधीशसहित अन्य संवैधानिक पदमा नियुक्तिबारे छलफल हुने अध्यक्ष तिमिल्सिनाले जानकारी दिए । प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको कार्यकाल सकिन चार दिनमात्रै बाँकी छ । उनको कार्यकाल सकिनु एक महिनाअगाडि नै नयाँ सिफारिस हुनुपर्नेमा अहिलेसम्म हुन सकेको छैन ।



प्रतिक्रिया दिनुहोस !