१४ आश्विन २०८१, सोमबार

सुन तस्करीको छानबिन सहज बनाउन एमालेले उच्चस्तरीय समितिको माग गरेको हो : महेश बर्तौला

प्रकाशित मिति :  1 August, 2023 6:53 pm


काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का सचेतक महेश बर्तौलाले सुन तस्करी प्रकरणको छानबिनलाई सहज बनाउनका लागि आफ्नो पार्टीले उच्चस्तरीय छानबिन समिति गठन गर्न सरकारसँग माग गर्नुपरेको बताएका हुन् ।

सो सुन तस्करीमा माथिल्लो स्तरको संलग्नता रहेको आफूहरुले संकेत पाएको उल्लेख गर्दै उनीहरूलाई पनि छानबिनको दायरामा ल्याउनका लागि आफ्नो पार्टीले उच्चस्तरीय छानबिन समिति नै बनाउनुपर्ने अडान लिएको उनले बताए ।

मंगलबार संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीमाझ सचेतक बर्तौलाले सो उच्चस्तरीय छानबिन समितिले राजश्व अनुसन्धान विभागको छानबिन समितिसँगै मिलेर काम गर्ने बताए । अहिले छानबिनमा संलग्न रहेका निकाय तथा अधिकारीहरूले पनि उच्चस्तरीय छानबिनको आवश्यकता औंल्याइरहेको उनको जिकिर थियो ।

सचेतक बर्तौलाले सिंगो देशले उच्चस्तरीय छानबिन समितिको माग गरिरहँदा पनि सरकार डराइरहेको आरोप समेत लगाए ।



प्रतिक्रिया दिनुहोस !