१४ आश्विन २०८१, सोमबार

सुन तस्करीको छानबिन गर्न छुट्टै समिति गठन गर्नुपर्छ : सांसद पौडेल

प्रकाशित मिति :  1 August, 2023 6:56 pm


काठमाडौँ । सत्तारुढ नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले पछिल्लो सुन तस्करी प्रकरणको छानबिन गर्न छुट्टै छानबिन समिति गठन गर्नुपर्ने बताएका छन् ।

प्रमुख प्रतिपक्ष दल एमालेले सो प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न सरकारलाई दबाब दिइरहेका बेला उनले पनि सो आवश्यकता औंल्याएका हुन् ।

मंगलबार संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीमाझ सांसद पौडेलले सरकारले प्राविधिक पक्षलाई समेत ख्याल गरेर पूर्वन्यायाधिशको नेतृत्वमा समिति गठन गरी त्यसको निष्पक्ष रुपमा छानबिन गर्नुपर्ने बताए । उनले सो छानबिनलाई निर्मम ढंगले अघि बढाउन संसद्ले कडा निगरानी राख्नुपर्ने समेत बताए ।

सांसद पौडेलले सो प्रकरणको छानबिनको विषयलाई सरकारले गम्भीरतापूर्वक नलिएको आरोप समेत लगाए ।



प्रतिक्रिया दिनुहोस !