१४ आश्विन २०८१, सोमबार

एमालेले सुन तस्करलाई उन्मुक्ति दिन छानबिन समितिको माग गर्‍यो : सांसद दाहाल

प्रकाशित मिति :  1 August, 2023 7:01 pm


काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का सांसद लेखनाथ दाहालले प्रतिपक्ष नेकपा (एमाले) ले सुन तस्करीका अपराधीहरूलाई उन्मुक्ति दिनका लागि छानबिन समितिको माग गरेको बताएका छन् ।

मंगलवार नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद दाहालले सुन तस्करहरुलाई उन्मुक्ति दिने गलत मनशायले एमालेले छानबिन समितिको माग गरेको बताएका हुन् । उनले अनुसन्धानलाई अवरोध गर्ने र अनुसन्धानको प्रक्रियालाई विषयान्तर गर्न खोजिएको आरोप पनि लगाए ।

सांसद दाहालले एमालेको नियतमा आशंका देखिएको भन्दै सरकार छानबिन समिति बनाउन सहमत नहुने बताए । उनले सुन तस्करीको विषय लेनदेनको विषय बनाउनु नहुनेमा जोड दिए ।

सांसद दाहालले सुन तस्करीका आरोपीहरूसँग माओवादी केन्द्रका नेताहरुको फोटो देखिएपनि माओवादी केन्द्रका नेताहरू सो प्रकरणमा अनुसन्धानमा नतानिएका बताए । अनुसन्धानमा तानिएर दोषी ठहरिएमा माओवादी नेताहरू पनि कारबाहीमा पर्ने उनले बताए ।



प्रतिक्रिया दिनुहोस !