१४ आश्विन २०८१, सोमबार

वर्षेनी एक हजार मेगावाट विद्युत थपिएकाे छ, ईभीका लागि शतप्रतिशत ग्यारेन्टी गर्छाैंः घिसिङ

प्रकाशित मिति :  2 August, 2023 7:39 am


काठमाडाैँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युतीय सवारी साधनको लागि प्राधिकरणले शतप्रतिशत विद्युतको ग्यारेन्टी गर्नसक्ने बताएका छन्। 

मंगलवार न्युज एजेन्सी नेपालले आयोजना गरेको निजी र सार्वजनिक सवारी साधनको प्रयोगमा देखिएका समस्या र समाधान विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै कार्यकारी निर्देशक घिसिङले विद्युतीय सार्वजनिक तथा निजी सवारी साधनमा वृद्धि हुँदा नेपालमा उत्पादित विद्युतले नपुगे भारतबाट विद्युत आयात गरेर भएपनि प्राधिकरणले १०० प्रतिशत विद्युत ग्यारेन्टी गर्ने प्रतिवद्धता व्यक्त गरेका हुन्।

घिसिङले विद्युतीय सवारी साधनको लागि जति पनि विद्युत पुग्ने भन्दै हेरक वर्ष प्राधिकरणले १ हजार मेगावाट विद्युत थप गरिरहेको समेत बताए। विद्युत आयात गरेर विद्युतीय सवारी साधन चलायो भने पनि प्राधिकरणलाई १५ गुणा नाफा रहेको जानकारी गराए । 

भारतबाट विद्युत आयात गर्दा ४ रुपैयाँमा आयात गर्ने उनकाे भनाइ छ। अब गाउँ–गाउँमा समेत विद्युतीय इन्डक्शन चुलो बाल्नुपर्ने सुझाव घिसिङकाे छ। गाउँघरमा दाउराको विकल्प भएकाले इन्डक्शन चुलो २४ सै घण्टा विद्युत मात्रै बाल्छु भन्न नहुने उनकाे भनाइ छ। 

विद्युतीय सवारी साधन बढ्दै जाँदा विद्युत अभाव हुने मान्छेहरुलाई चिन्ता लागे पनि विद्युतीय सवारी साधनका लागि विद्युत अभाव नहुने उनकाे भनाइ छ। 

प्राधिकरणले अहिले विद्युत निर्यात गरिरहेको भन्दै विद्युतीय सवारी साधनलाई विद्युत नपुग्ने भन्ने कुरा गर्न नमिल्ने बताए। उनले प्राधिकरणले मुलुकभित्रै विद्युत खपत बढाउने नीति लिएको भन्दै निर्यात कम गर्नसक्ने दाबी गरे।

घिसिङले भने, “विद्युतीय सवारी साधनमा समस्या देखिँदैन । रातभर,दिनभर र २४ सै घण्टा चार्ज गर्दा पनि भयो । त्यसमा समस्या गर्दैन । विद्युतीय सवारी साधन बढ्दै छ ।” 

धेरै विद्युतीय सावरी साधन आउँदा लोडसेडिङ भयो भने के गर्ने ? भन्ने चिन्ता गर्न नहुने उनकाे भनाइ छ । उनले थपे, “प्राधिकरणले निर्यात गरिरहेको छ । बरु निर्यात कम गरौंला । प्राधिकरणले मुलुकभित्रै विद्युत खपत बढाउने भनेका छौं । विद्युतीय सवारी साधनको लागि जति पनि विद्युत पुग्छ ।” 

भारतबाट विद्युत आयात गर्दा ४ रुपैयाँमा लाग्ने तर त्यही पेट्रोलियम पदार्थ आयात गर्दा १५ रुपैयाँ पर्ने भएकाले विद्युत आयातकाे विषयमा डर मान्न नहुने उनकाे तर्क छ । घिसिङले भने, “चाजिङ स्टेशनको संरचना बढाउनु पर्छ, सरकारले विद्युतीय सवारी सप्लाई कम्पनीले पनि  २० प्रतिशत चार्जिङ स्टेशनका राख्नुपर्छ भन्ने नीति लिनुपर्छ।”

घिसिङले विद्युतीय सवारी साधनलाई प्रोत्साहन गर्न चार्जिङ स्टेशन राख्नुपर्छ भनेर देशभरका ५१ स्थानमा स्मार्ट चाजिङ स्टेशनहरु राखेको भन्दै ५१ स्थानमा चार्जिङ स्टेशन चलिरहेको जानकारी गराए।

सुर्खेत, मुल्कोट, काठमाडौंको चार पाँच ठाउँमा चार्जिङ स्टेशन रहेको जानकारी गराउँदै उनले विद्युत प्राधिकरणको कम्पाउण्ड भित्र रहेको चार्जिङ स्टेशन २४ घण्टामा २४ घण्टा लाइन लाग्ने गरेको बताए। प्राधिकरण थप १३ वटा चार्जिङ स्टेशन बनाउने तयारीमा रहेको बताए।

उनले शतप्रतिशत विद्युत सप्लाई हुन्छ भनेर नेपालको अहिलको सिस्टममा भन्न  भने नसक्ने बताए । उनले सहज रुपमा सबैलाई विद्युत पु-याउनको लागि ठूलो लगानी आवश्यक रहेको बताए। करिव ५ देखि ६ खर्बको लगानी गरेपछि मात्रै युरोपको जस्तो विद्युत २४ घण्टा पाउने अवस्था आउने उनकाे भनाइ छ।



प्रतिक्रिया दिनुहोस !