१४ आश्विन २०८१, सोमबार

माओवादीले केन्द्रीय समिति बैठक लाइभ नगर्ने

प्रकाशित मिति :  2 August, 2023 10:51 am


काठमाडौँ । माओवादीले केन्द्रीय समिति बैठक लाइभ नगर्ने भएको छ । आज बसेको स्थायी समिति बैठकले बैठक लाइभ नगर्ने निर्णय गरेको हो ।

सो बैठक सामाजिक सन्जालबाट लाइभ गर्ने माओवादीले जनाएको थियो । तर धेरै जनाको विरोध आएपछि बैठक लाइभ नगर्ने निर्णय भएको केन्द्रीय कार्यालयले जनाएको छ ।

माओवादी केन्द्रीय समिति बैठक आज बिहान ११ बजदेखि प्रज्ञा भवन कमलादीमा सुरु हुँदै छ । बैठक पाँच दिनसम्म चल्ने छ ।



प्रतिक्रिया दिनुहोस !