१४ आश्विन २०८१, सोमबार

स्याङ्जामा मोटरसाइकल ठोकिँदा चार जना घाइते

प्रकाशित मिति :  2 August, 2023 11:06 am


काठमाडौँ । स्याङ्जाको गल्याङ नगरपालिकामा दुई मोटरसाइकल एक आपसमा ठोकिँदा जार जना घाइते भएका छन् ।

गल्याङ नगरपालिका वडा नम्बर ८ चिउरीस्थित सिद्धार्थ राजमार्गमा वालिङबाट गल्याङतर्फ जाँदै गरेको मं।प्र। ०३ – ०२९ प। २८८३ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आउँदै गरेको लु १४ प ५३८७ नम्बरको मोटरसाइकल एक आपसमा मंगलबार राति ठक्कर खाँदा दुबै मोटरसाइकलमा सवार चार जना घाइते भएका हुन् ।

घाइते हुनेमा म प। ०३–०२९ प। २८८३ नम्बरको मोटरसाइकल चालक स्याङ्जा गल्याङ नगरपालिका वडा नम्बर ११ बस्ने ३७ वर्षीय पदम सिंजाली, सोही मोटरसाइकल पछाडि बस्ने कास्की माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ७ बस्ने २६ वर्षीय सन्देश गुरुङ, लु १४ प ५३८७ नम्बरको मोटरसाइकल चालक स्याङ्जा वालिङ नगरपालिका वडा नम्बर ९ बस्ने २६ वर्षीय बिशाल हिताङ् र सोही मोटरसाइकल पछाडि बस्ने पर्सा विरगंज महानगरपालिका वडा नम्बर २ घण्टाघर बस्ने २० वर्षीय भोला चौधरी रहेकाे जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी निरीक्षक पदम राज थापाले जानकारी दिए

घाइते चारै जनाको वालिङ प्राथमिक अस्पतालमा उपचार भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस !