१४ आश्विन २०८१, सोमबार

कालीगण्डकीको पुलबाट हामफाली एक पुरुष बेपत्ता

प्रकाशित मिति :  2 August, 2023 11:16 am


काठमाडौँँ । कालीगण्डकी नदीको पुलबाट हामफाली एक पुरुष मंगलबार बेपत्ता भएका छन् ।

बेपत्ता हुनेमा स्याङ्जाकाे कालीगण्डकी गाउँपालिका वडा नम्बर २ कोटाकोटबेशी बस्ने अन्दाजी ५८ वर्षीय टोलीपाल राना रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रबिन्द्र खनालले जानकारी दिए ।

स्याङ्जा र गुल्मी जोड्ने मोटरेबल पुलबाट मंगलबार बेलुका उनले कालीगण्डकी नदीमा हामफालेका हुन् ।

प्रहरी र स्थानीयले रानालाई खोजतलास गरिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !