१४ आश्विन २०८१, सोमबार

केन्द्रिय समिति विस्तार गर्दै माओवादी केन्द्र

प्रकाशित मिति :  2 August, 2023 11:21 am


काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रको स्थायी समितिको बैठक सुरु भएको छ। बैठक केही बेरअघि माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडा मा सुरु भएको हो।

बैठकमा माओवादी केन्द्रले केन्द्रीय समिति विस्तार गर्ने भएको छ । ३८५ सदस्यीय केन्द्रीय समितिलाई विस्तार गरेर ४०७ सदस्यीय बनाउने तयारी रहेको स्रोतले जनाएको छ ।

स्रोतका अनुसार आज बिहान बसेको पदाधिकारी र स्थायी कमिटी बैठकले केन्द्रीय समिति विस्तार गर्ने निर्णय गरेको हो ।



प्रतिक्रिया दिनुहोस !