१४ आश्विन २०८१, सोमबार

निशुल्क उपचार सेवा दिएको विवरण सार्वजनिक गर्न मन्त्रालयको निर्देशन

प्रकाशित मिति :  2 August, 2023 2:58 pm


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निशुल्क उपचार सेवा दिएको विवरण सार्वजनिक गर्न निर्देशन दिएको छ । मन्त्रालयले स्वास्थ्य संस्थाहरुलाई परिपत्र गर्दै १० प्रतिशत शय्या छुट्याई निःशुल्क उपचार सेवा दिएको विवरण सार्वजनिक गर्न निर्देशन दिएको छ ।

गत सोमबार गुणस्तर मापन तथा नियमन महाशाखाका प्रमुख डा. मदनकुमार उपाध्यायले सरकारी, निजी तथा सामुदायिक अस्पताल र प्रतिष्ठान तथा मेडिकललाई पत्राचार गर्दै बिरामीको अभिलेख व्यवस्थित र लिखित तथा विद्युतीय बोर्डमा डिस्पले हुने गरि राख्न निर्देशन दिएका हुन् ।



प्रतिक्रिया दिनुहोस !