१४ आश्विन २०८१, सोमबार

प्रभु बैंक र भीजी इम्पेक्सबीच कर्जा लगानी सम्बन्धी सम्झौता

प्रकाशित मिति :  2 August, 2023 2:52 pm


काठमाडौँ । प्रभु बैंक लिमिटेड र भि।जि। इम्पेक्स प्रा।लि। बीच विद्युतीय सवारीसाधनमा कर्जा लगानी सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।

बैंकका तर्फबाट प्रमुख व्यापार अधिकृत रेनुप्रसाद पाण्डे र भि।जि। इम्पेक्स प्रा।लि।का तर्फबाट उपाध्यक्ष रुपेश शर्मा भट्टले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

प्रभु बैंक र भि।जि। इम्पेक्स प्रा।लि। बीच सम्पन्न उक्त सम्झौता अनुसार भि।जि। इम्पेक्स प्रा।लि। बाट आयात गरिएको इलेक्ट्रिक भेहिकल, इच्छुक ग्राहकले खरिद गर्दा छिटो, छरितो र सहजताका साथ प्रतिस्पर्धी ब्याजदरमा सवारी साधन कर्जा प्राप्त गर्न सक्ने व्यवस्था भएको छ ।

हाल बैंकको देशभर रहेको ३०१ शाखाबाट नै कर्जा सुविधा उपलब्ध हुने बैंकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !