१४ आश्विन २०८१, सोमबार

इलेक्ट्रिक स्कुटरहरू किन्न क्रेडिट कार्ड मार्फत कर्जा सुविधा

प्रकाशित मिति :  2 August, 2023 2:59 pm


काठमाडौँ । ग्रन्थ इलेक्ट्रिक भेहिकल प्रालि (एफ डि मोर्टर्स) र कुमारी बैंकबीच व्यवसायिक सम्झौता भएको छ । दुई कम्पनीबीच एफडी मोर्टर्स ब्राण्डका इलेक्ट्रिक स्कुटरहरू किन्न चाहने ग्राहकहरूलाई सरल र सहज रूपमा क्रेडिट कार्डमार्फत तीन लाख कर्जा सुबिधा उपलब्ध गराउनेसम्बन्धी सम्झौता भएको हो ।

जसअन्तर्गत कुनैपनि ग्राहकहरुले कुमारी बैंक वा एफ डि मोर्टर्सका सोरुमहरुमा गई आवश्यक पर्ने कागजात दिएर १२ महिनादेखि १८ महिना सम्मको किस्ता तिरेर इलेक्ट्रिक स्कुटरहरू खरीद गर्न सक्नेछन् । यदि कुनै पनि ग्राहकले कर्जाको भुक्तानी अग्रीम रुपमा गर्न चाहेमा बिना शुल्क भुक्तानी गर्न सक्ने पनि जनाइएको छ । ।

एफ डि मोर्टर्सले हाल दुई मोडेलका इलेक्ट्रिक स्कुटर बिक्री गर्दै आएको छ । जसमा एफ फाइबको मूल्य रु। २,६१,९९९ र एफ फाइब एको मूल्य रु। २,९७,९९९ रहेको छ ।



प्रतिक्रिया दिनुहोस !