१४ आश्विन २०८१, सोमबार

विवादित अभिव्यक्ति दिएकी अधिवक्ता भगवती पाण्डे पक्राउ

प्रकाशित मिति :  2 August, 2023 4:12 pm


काठमाडौं । तामाङ समुदायबारे विवादित अभिव्यक्ति दिएकी अधिवक्ता भगवती पाण्डे पक्राउ परेकी छन्। बुधबार बिहान उनलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

एक टेलिभिजन कार्यक्रमका क्रममा तामाङ समुदायमा दाजुबहिनीबीच पनि बिहे चल्ने अभिव्यक्ति दिएपछि उनी विवादमा आएकी थिइन्।

तामाङ घेदुङ संघको तर्फबाट उनीविरुद्ध जाहेरी परेको थियो । तामाङ संघसंस्थाहरुले उनलाई पक्राउ गर्न दवाव दिँदै आएका थिए । आज दिउँसो पनि प्रदर्शनमा उत्रिएका तामाङ समुदाय र प्रहरीबीच जिल्ला प्रहरी परिसर काठमाडौंमा झडप भएको थियो ।

अहिले पाण्डेको बयान चलिरहेको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !