१४ आश्विन २०८१, सोमबार

प्रदेशलाई पूर्णरूपमा आर्थिक र प्रशासनिक स्वायत्तता दिनुपर्छः सभामुख पाठक

प्रकाशित मिति :  2 August, 2023 4:53 pm


काठमाडौँ । बागमती प्रदेशसभाका सभामुख भुवन पाठकले प्रदेशलाई आर्थिक र प्रशासनिक स्वायत्तता पूर्णरुपमा दिनुपर्ने बताएका छन् ।

बुधबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै सभामुख पाठकले प्रदेशलाई आर्थिक र प्रशासनिक रुपमा पूर्ण स्वायत्तता दिनुपर्ने बताएका हुन् । उनले अझैपनि सबै साधन, स्रोत र शक्ति संघ सरकारसँगै रहेको र प्रदेश सरकार पनि संघमा नै आश्रित हुनुपर्ने अवस्था आएको बताए । यसका कारण प्रदेश संकुचित हुनुपरेको उनको भनाई छ ।

सभामुख पाठकले आर्थिक र प्रशासनिक अधिकार नपाउँदा प्रदेशले आफ्नो उद्देश्य पूरा गर्न नसकेको बताए । उनले आर्थिक र प्रशासनिक अधिकार नदिइएसम्म प्रदेश सभा स्वतन्त्र र स्वायत्त हुन नसक्ने उल्लेख गरे ।

सभामुख पाठकले प्रदेशलाई संघ र स्थानीय तहबीचको पुलको रुपमा परिकल्पना गरिएको भएपनि प्रदेश यी दुई तहबीचको पुल बन्न नसकेको बताए ।



प्रतिक्रिया दिनुहोस !