१४ आश्विन २०८१, सोमबार

माओवादी केन्द्रको बैठक आज पनि जारी

प्रकाशित मिति :  3 August, 2023 10:09 am


काठमाडौं । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समितिको दोस्रो दिन आज पनि बैठक सुरु भएको छ ।

कमलादिस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा बुधबारदेखि सुरु भएको बैठकमा केन्द्रीय सदस्यहरूले आफ्नो भनाई राखिरहेका छन् ।

हिजो देखी सुरु भएको केन्द्रीय समिति बैठकमा हालसम्म १७ जनाले आ आफ्नो धारणा राखिसकेको माओवादी केन्द्रका एक नेताले जानकारी दिए । उनका अनुसार बैठकमा धाराणा राख्न हरेक केन्द्रीय सदस्यलाई पाँचरपाँच मिनेट समय दिइएको छ ।

मंसिरमा हुने विधान सम्मेलन, समसामयिक राजनीतिक विषय, सरकारमा पार्टीको सहभागिता तथा सरकारले गरेका काम कारबाहीका बारेमा मुख्य गरी बैठकमा छलफल हुनेछन् ।

केन्द्रीय सदस्यहरू, वैकल्पिक केन्द्रीय सदसदस्यहरू, आयोगका पदाधिकारी, प्रदेश पदाधिकारी गरी ७५८ जना बैठकमा सहभागी छन् ।



प्रतिक्रिया दिनुहोस !