१४ आश्विन २०८१, सोमबार

सुन तस्करीमा संलग्न नभएको महराकाे प्रष्टिकरण,निष्पक्ष छानबिनमामा सहयोग गर्ने प्रतिबद्धता

प्रकाशित मिति :  3 August, 2023 10:09 am


काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता कृष्णबहादुर महराले सुन प्रकरणमा आफ्नो कुनै संलग्नता नभएको प्रष्टिकरण दिएका छन् ।

विद्युतीय चुरोट‘भेप’मा सुन तस्करी भएको विषयमा आफ्नो नाम मुछिएपछि महराले खण्डन गरेका हुन् ।

सामाजिक सञ्जाल फेसबुकमा उनले भनेका छन्,“केही दिन यता सञ्चारमाध्यम बाट सुन प्रकरण मा मेरो नाम जोडिएर आईरहेको बिषय यस अघि नै प्रष्ट पारिसकेको जानकारी गराउन चाहान्छु । फेरी पनि थप स्पष्ट गर्न चाहान्छु कि यस कार्यमा आफ्नो कुनै पनि संलग्नता नरहेको स्पष्ट पार्न चाहान्छु ।”

प्रहरीले चुहाएको सुचनामा उल्लेख भएको फोन नम्बर समेत आफ्नो नभएको प्रवक्ता महराले प्रष्ट परेका छन् ।

उनले भनेका छन्,“जहा सम्म मैले फोन गरेको भनी मेरो नाम र उल्लेख गरिएको फोन नम्बर मेरो नभएको र मैले प्रयोग नगरेको पनि थप प्रष्ट पार्न चाहान्छु ।” महराले आवश्यक परे निष्पक्ष छानबिनमा सहयो गर्ने प्रतिबद्धता जनाएका छन् ।

उनले भनेका छन्,“ आवश्यक परे निष्पक्ष छानबिनमा मा सहयोग गर्ने प्रतिबद्धता जनाउछु । अनावश्यक भ्रम मा नपर्न सबैमा हार्दिक आग्रह गर्दछु ।” महराले यसअघि पनि विज्ञप्ति निकालेर सुन तस्करीमा आफ्नो सुन मुछिएको भन्दै आपत्ति जनाएका थिए ।



प्रतिक्रिया दिनुहोस !