१४ आश्विन २०८१, सोमबार

क्रसर उद्योगहरू नवीकरण गरी तत्काल सञ्चालन हुने वातावरण बनाउन व्यवसायीहरूको माग

प्रकाशित मिति :  3 August, 2023 11:13 am


काठमाडौँ । नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासङ्घले तत्काल कानुन बमोजिम दर्ता भएका उद्योगहरू नवीकरण गरी सञ्चालन गर्ने वातावरण बनाउन माग गरेको छ ।

नेपाल सरकारबाट कानुन बमोजिम दर्ता भई इजाजत लिई सञ्चालनमा रहेका क्रसर, खानी तथा बालुवा उद्योगहरू नवीकरण गरी सञ्चालन गर्ने वातावरण बनाउन माग गरेको हो ।

महासङ्घले लामो समयदेखि सरकारबाट कानुन बमोजिम दर्ता भई इजाजत लिई सञ्चालनमा रहेका क्रसर, खानी तथा बालुवा उद्योगहरू नवीकरण नभएसम्म क्रसर उद्योगहरू बन्द गरिरहेको छ । महासङ्घका अध्यक्ष सीताराम न्यौपानेले ७७ वटै जिल्ला प्रशासन कार्यालयमा दर्ता भई सञ्चालित क्रसर उद्योगहरूको तत्काल नवीकरण गरी क्रसर उत्पादन, उत्खनन तथा बिक्री वितरण गर्ने वातावरण सरकारले बनाउनुपर्ने बताए ।

उनले तत्कालीन कानुन अनुसार दर्ता भई सञ्चालन अनुमति प्राप्त गरी सञ्चालित क्रसर, खानी तथा बालुवा उद्योगको नवीकरण गर्नु सरकारको दायित्व रहेको बताए ।

उनले सरकारको विभागीय मन्त्रालयहरू गृह,भौतिक पूर्वाधार र अर्थ मन्त्रालयमा क्रसर उद्योग दर्ता नवीकरणको लागि जाँदा एउटा मात्रै निकायले गर्न नसक्ने जवाफ दिएको भन्दै जिम्मेवार निकायहरूको जवाफले निजी क्षेत्रको अभिभावक नभएको अनुभव भएको गुनासो गरे । उनले प्रधानमन्त्रीले राष्ट्रिय क्रसर उद्योग दर्ता नवीकरण नहुनु राष्ट्रिय समस्या भएको भनिसकेकाले तत्काल निर्णय गर्नुपर्ने उल्लेख गरे ।

उनले कानुनसम्मत दर्ता भएका उद्योग मापदण्डका कारण नवीकरण नभएका उद्योगले नेपाल सरकारलाई तिर्नुपर्ने कर तिरेर नवीकरण गरी सञ्चालन गर्ने विषयमा सरकारले तत्काल निकास दिनुपर्ने बताए ।



प्रतिक्रिया दिनुहोस !