१४ आश्विन २०८१, सोमबार

रूसी वैज्ञानिकहरू अन्टार्कटिकामा खरबुजा फलाउन सफल

प्रकाशित मिति :  3 August, 2023 11:18 am


काठमाडाैँ । रूसी अनुसन्धान कर्ताहरूले अन्टार्कटिकाको भोस्टोक स्टेशनमा आठ वटा खरबुजा फलाउन सफल भएका छन् । उनीहरूले  खरबुजा उब्जाउन हाइड्रोपोनिक प्रविधि प्रयोग गरेका हुन् ।

रूसी आर्कटिक र अन्टार्कटिक अनुसन्धान संस्थान (एआरआई) अनुसार यी पाकेका खरबुजाको रातो र पहेँलो गुदी हुन्छ । खरबुजाको प्रत्येकको तौल लगभग एक किलोग्राम रहेको वैज्ञानिकहरूले बताएका छन् । अन्वेषकहरूका अनुसार भोस्टोक स्टेशनको प्रयोगशालाले निकट भविष्यमा अन्य खानेकुराहरू उब्जाउने अपेक्षा राखेको छ ।

वैज्ञानिकहरूले पनि ब्ल्याकबेरी, स्ट्रबेरी र ब्लुबेरी पृथ्वीको सबैभन्दा चिसो ठाउँमा उब्जाउने प्रयास गर्ने बताएका छन् । रिपोर्टका अनुसार, वैज्ञानिकहरूले भोस्टोक स्टेशनको प्रयोगशालामा फेब्रुअरी २०२० देखि तरकारी रोप्दै आएका छन् र ८० भन्दा बढी प्रकारका तरकारीहरू उब्जाइसकेको पनि बताएका छन् । 



प्रतिक्रिया दिनुहोस !