१४ आश्विन २०८१, सोमबार

ब्याज नलाग्ने स्किममा सेगवे स्कुटर

प्रकाशित मिति :  3 August, 2023 12:34 pm


काठमाडौँ । सेगवे नाइनबटको नेपालका लागि आधिकारिक विक्रेताले, सेगवे इलेक्ट्रिक स्कुटरहरूको लागि शून्य प्रतिशत ब्याजदरमा फाइनान्सिङ सुविधासहित नयाँ अफर सार्वजनिक गरेको छ ।

बिहीबार कम्पनीले शून्य प्रतिशत फाइनान्सिङ सुविधासहितको नयाँ अफर सार्वजनिक गरेको हो । कम्पनीका अनुसार अब ५ लाख सम्म शून्य प्रतिशत ब्याजदर, सजिलो फाइनान्सिङ र १८ महिनासम्मको सहज ईएमआई सहितको सुविधा उपलब्ध गराएको छ । साथै ईस्कुटरको निशुल्क मर्मत र उपकरण, आकर्षक एक्सचेन्ज अफर, ग्राहक अनुकुल डाउनपेमेन्ट समेत सेवा उपलब्ध गराउने जनाइएको छ ।

विशेष अफरमा सेगवेका सबै मोडेलहरू ‘एन १००’ ‘ई १००’, ‘ई११० एल’ र ‘ई १२५’ मा उपलब्ध छ । भने, सेगवको स्कुटर खरीद गर्दा प्रत्येक स्कुटर प्याकेजमा हेलमेट, स्कूटर कभर, रेनकोट र एक वर्षको वार्षिक मर्मतसम्भार जस्ता अफर उपलब्ध गराएको छ । सबै सेगवेका ग्राहकहरुलाई सजिलो र पहुँचयोग्य बनाउन नयाँ सुविधा सार्वजनिक गरेको हो ।

कम्पनीको एनआईसी एशिया बैंक, माछापुच्छ्रे बैंक, र तपाईको बजार लगायतका वित्तीय संस्थाहरूसँगको सहकार्यमा शुन्य प्रतिशत फाइनान्सिङ सेवा सुविधालाई ल्याएको कम्पनीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !