१४ आश्विन २०८१, सोमबार

नारायणी नदीमा हाम फालेकी महिलाको उपचारका क्रममा मृत्यु

प्रकाशित मिति :  3 August, 2023 1:52 pm


संकेतिक फाइल फोटो

काठमाडौं । नारायणी नदीमा हाम फालेकी महिलाको उपचारका क्रममा मृत्यु भएको छ ।

बिहीबार बिहान नारायणी नदी पुलबाट हाम फालेकी महिलाको उद्धारपछि उपचारका क्रममा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

बिहान ७ :४० बजे नदीमा हाम फालेकी अन्दाजी ४५ वर्षीया महिलाको उद्धार गरी उपचारका लागि चितवन मेडिकल कलेज ल्याइएको थियो ।

प्रहरीका अनुसार उनको उपचारका क्रममा बिहान ८ :३६ मा मृत्यु भएको हो ।

अहिलेसम्म पहिचान खुल्न नसकेकी महिलालाई नेपाल प्रहरी र सशस्त्र प्रहरीको सक्रियतामा उद्धार गरी अस्पताल ल्याइएको थियो ।



प्रतिक्रिया दिनुहोस !