१४ आश्विन २०८१, सोमबार

ललिता निवास जग्गा प्रकरण : २ जनालाई हाजिर जमानीमा छोड्न् अदालतको आदेश

प्रकाशित मिति :  3 August, 2023 3:14 pm


काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका दुई जना रिहा भएका छन। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेका समरजंग कम्पनीका तत्कालीन प्रमुख रमेशकुमार पोखरेल र सिद्धिका खेतानलाई रिहा गरेको जनाएको छ ।

पोखरेलको स्वास्थ्यको कारण देखाउँदै जिल्ला अदालत काठमाडौंले हाजिर जमानीमा छाड्न आदेश दिएको सीआईबी जनाएको छ भने खेतानले ललिता निवासको आफुना नाममा भएको जग्गा फिर्ता गर्ने भएपछि अदालतले हाजिरी जमानीमा छाड्न आदेश दिएको प्रहरी जानकारी दिएको छ ।

ललिता निवासको ७ आना ३ पैसा जग्गा खेतानको नाममा रहेको छ। खेतानले जग्गा फिर्ता गरिदिने भन्दै विभिन्न कार्यालयमा निवेदन दिएको सोतले जनाएको छ।

ललिता निवास प्रकरणमा पक्राउ परेका मध्ये अब २० जना सिआईबीको हिरासतमा रहेका छन्।



प्रतिक्रिया दिनुहोस !