१४ आश्विन २०८१, सोमबार

बिहीबार ३ अंकले बढ्यो नेप्से परिसूचक

प्रकाशित मिति :  3 August, 2023 3:32 pm


काठमाडौं । साताको कारोबारको अन्तिम दिन सेयरबजारमा झिनो अंकको सुधार भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार बिहीबार सेयर मापक सूचक नेप्से परिसूचक ३ अंकले बढेर २०८९.८४ अंकमा पुगेको छ ।

राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ परिसूचक पनि १.२५ अंकले बढेर ३९९.५४ अंकमा पुगेको छ ।

आज नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये ५ वटा उपमुहको सेयरमूल्य घटेको छ भने बाँक ८ वटा उपसमुहको सेयर मूल्य बढेको छ ।

बिहीबार पनि नेप्सेमा लगानीकर्ताको आर्कषण शिवम् सिमेन्टमा देखिएको छ । कारोबार रकमका आधारमा शिवम् सिमेन्ट अग्रस्थानमा रहेको छ ।

कम्पनीको ९ करोड२३ लाख ६८ हजार ५ सय ४५ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।

बिहीबार नेप्सेमा सर्पोट माइक्रोफाइनान्स तथा वित्तीय संस्थाका लागनीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर सकरात्मक सर्किट लागेको छ ।

त्यस्तै आजको दिन प्रोग्रेसिभ फाइनान्स लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको सेयरमूल्य ५.१९ प्रतिशतले घटेको छ ।

कुल २६२ कम्पनीको ५१ लाख ३० हजार ५ सय २० कित्ता सेयर किनेबेच हुँदा १ अर्ब ७८ हरोड १९ लाख ४१ हजार ७ सय १ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !