१४ आश्विन २०८१, सोमबार

दोलखामा पहिरोमा परी १५ महिनाको बालकको मृत्यु, ३ जना बेपत्ता

प्रकाशित मिति :  4 August, 2023 11:43 am


काठमाडौं । दोलखामा पहिरोमा परी १५ महिनाको बालकको मृत्यु भएको छ ।

गौरीशङ्कर गाउँपालिका– ८ टोपाटारमा हिजो राति गएको पहिरोले एकजनाको मृत्यु भएको छ भने ३ जना बेपत्ता भएको प्रहरीले जनाएको छ ।

हिजो रातिदेखि परेको अविरल वर्षासँगै गौरीशङ्कर–८ मा गएको पहिरोले वडा नं ७ को टोपाटार गौरीशङ्कर–७ का हरिलाल श्रेष्ठ, कृष्णबहादुर मगर र उनकी श्रीमती बेपत्ता भएको प्रमुख जिल्ला अधिकारी कमलप्रसाद धमलाले बताए ।

स्थानीय यज्ञबहादुर थामीको १५ महिनाको नातिको शव फेला परेको प्रजिअ धमलाले बताए।

उक्त पहिरोमा परी तीनजना घाइते भएका छन् । बेपत्ताको खोजीका लागि घट्नास्थलमा हेलिकोप्टर पठाइयको छ । अहिले उद्धारमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय खटिएकोले घटनाको विस्तृत विवरण आउँन बाँकी छ, प्रजिअ धमलाले भने ।



प्रतिक्रिया दिनुहोस !