१४ आश्विन २०८१, सोमबार

शुक्रबार सुनचाँदीको मूल्य स्थिर

प्रकाशित मिति :  4 August, 2023 12:10 pm


काठमाडौं । साताको कारोबारको अन्तिम नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ ।

शुक्रबार बजारमा छापावाला सुनको मूल्य स्थिर रहँदै १ लाख १२ हजार २ सय रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ६ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।

हिजो छापावाला सुन प्रतितोला २ सय रुपैयाँले १ लाख १२ हजार २०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ६५० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै आज चाँदी मूल्य प्रतितोलाको १ हजार ४२५ रुपैयाँ कायम भएको छ। हिजो प्रतितोला ३५ रुपैयाँले घटेर १ हजार ४२५ रुपैयाँमा काराबेबार भएको चाँदीको मूल्य भएको आज स्थिर रहेको महासंघले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !