१४ आश्विन २०८१, सोमबार

सुन तस्करी प्रकरणको थप अनुसन्धान गर्ने जिम्मा सिआईबीलाई

प्रकाशित मिति :  4 August, 2023 12:44 pm


काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैधरुपमा भित्रिएको एक क्वीन्टल सुनको अनुसन्धान गर्ने जिम्मा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पाउने भएकाे छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार साँझ भएको उच्चस्तरीय छलफलपछि सुन तस्करी प्रकरणको अनुसन्धानको जिम्मेवारी सीआईबीलाई दिन लागिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

अन्तरदेशीय संगठित अपराध अनुसन्धानका लागि सीआईबी प्रहरीको विशिष्टकृत निकाय भएकाले ब्यूरोमार्फत थप अनुसन्धान अघि बढाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्देशन दिएका छन् ।

छलफलमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, रक्षामन्त्री पूर्णबहादुर खड्का, महान्यायाधिवक्ता दिनमणि पोखरेल, प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर, सीआईबी प्रमुख किरण बज्राचार्य र राजश्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगाना सहभागी रहेको स्रोतले जनाएको छ ।

बैठकपछि सुन तस्करी प्रकणमा थप अनुसन्धान सीआईबीमार्फत गर्न प्रधानमन्त्री दाहालले निर्देशन दिएका थिए ।

राजश्व अनुसन्धान विभागले ३ साउनमा विमानस्थलबाट भन्सार जाँच पार गरेर बाहिरिएको सुनसहितको १५५ किलो ब्रेक शु सिनामंगलबाट बरामद गरेको थियो ।
उक्त प्रकरणमा नेपालीसहित सुन तस्करीमा मुछिएका चिनियाँ नागरिकसमेत पक्राउ परेका छन् भने विभागले बालुवाटार , सोह्रखुट्टे, टोखा र ठमेलसहित विभिन्न स्थानमा छापा मारेर सुन गाल्ने मेशिनदेखि अन्य कयौँ उपकरण पनि बरादम गरेको छ ।



प्रतिक्रिया दिनुहोस !