१४ आश्विन २०८१, सोमबार

भरुवा बन्दुकले हानेर श्रीमतिको हत्या

प्रकाशित मिति :  4 August, 2023 2:09 pm


तनहुँ । भरुवा बन्दुकले हानेर तनहुँमा एक महिलाको हत्या भएको छ । व्यास नगरपालिका ५ मानुङका ५६ वर्षीय श्रीप्रसाद आलेले आफ्नै ४७ वर्षीया श्रीमती गीता आलेको हत्या गरेको प्रहरीले जनाएको छ ।

बिहीबार राति करिब ११ बजेको समयमा भरुवा बन्दुकले हान्दा गम्भीर घाइते भएकी गीताको उपचारको क्रममा दमौली अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी मोहनबहादुर खाँणले जानकारी दिए ।

प्रहरीले हत्याको आरोपमा मृतकका श्रीमान श्रीप्रसादलाई गए राति नै नियन्त्रणमा लिएको छ ।

प्रारम्भिक अनुसन्धानका क्रममा घरायसी विवादका कारण घटना घटेको खुलेको प्रहरीले जनाएको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान थालेको छ ।



प्रतिक्रिया दिनुहोस !