१४ आश्विन २०८१, सोमबार

लुम्बिनी कांग्रेसले प्रशिक्षण दिदै,अबदेखि नियमित घुम्ति बैठक हुने

प्रकाशित मिति :  4 August, 2023 5:02 pm


काठमाडौँ । नेपाली कांग्रेस लुम्बिनी प्रदेशले तेस्रो पटक प्रशिक्षण कार्यक्रम आयोजना गर्ने भएको छ ।

आज दाङको भालुबाङस्थित प्रदेश कार्यालयमा बसेको प्रशिक्षण विभागको बैठकले आगामी भाद्र महिनाको पहिलो हप्ता प्रशिक्षण आयोजना गर्ने निर्णय गरेको हो ।

लुम्बिनी प्रदेशस्थित १२ जिल्ला सभापति, २६ प्रतिनिधि सभा क्षेत्रीय सभापति र ५२ प्रदेश सभा क्षेत्रीय सभापतिको लागि प्रशिक्षण कार्यक्रम गर्न लागिएको प्रदेश उपसभापति एवम् प्रशिक्षण विभाग प्रमुख भुवनप्रसाद श्रेष्ठले जानकारी दिए ।

नवलपरासी (पश्चिम) मा आयोजना गरिने प्रशिक्षणलाई नेता डा.शेखर कोइराला लगायतका नेताहरूले सम्बोधन गर्नेछन् ।

समय अनुकूल पार्टी संगठन चलायमान बनाउन तहगत नेतृत्वको लागि प्रशिक्षण दिन लागिएको लुम्बिनी कांग्रेसका सभापति अमरसिंह पुनले जानकारी दिए ।

प्रशिक्षण पश्चात् पार्टीको सैद्धान्तिक दृष्टिकोण, कार्यक्रम, आगामी योजना र सांगठनिक गतिविधि ग्राउन्ड तहमा पुग्न विशेष आधार तय हुने सभापति पुनको भनाई छ ।

प्रशिक्षण विभागले अबदेखि विभिन्न घुम्ति बैठक सञ्चालन गर्ने र आगामी बैठक पाल्पा जिल्लामा आयोजना गरिने विभागले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !