१४ आश्विन २०८१, सोमबार

राज्यसत्ता लुटपाट र भ्रष्टाचारमा लागेको छ : चित्रबहादुर केसी

प्रकाशित मिति :  4 August, 2023 5:35 pm


काठमाडौँ । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति चित्रबहादुर केसीले राज्यसत्ता नै लुटपाटमा लागेको बताएका छन् ।

शुक्रबार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सभापति केसीले राज्यसत्ता नै लुटपाट र भ्रष्टाचारमा लागेको बताएका हुन् ।

उनले कुनै पार्टी र व्यक्ति विशेषमात्र नभई सम्पूर्ण राज्यसत्ता नै लुटपाटमा सामेल भएको बताए । उनले राज्य व्यवस्था तथा सुशासन समितिमा सभापतिको निर्वाचन छिटोभन्दा छिटो हुनुपर्ने पक्षमा आफू रहेको बताए ।

सभापति केसीले समितिको बैठक बस्न नसक्नुमा आफ्नो मात्रै दोष नभएको भन्दै यसको दोष सबैले लिनुपर्ने बताए । बैठक बस्नका लागि आफूले समिति सदस्यहरुसँग छलफल गर्दा एजेण्डा छैन भनेर पन्छाइएका कारण बैठक बस्न नसकेको उनले बताए ।

केसीले आजको बैठकमा गृहमन्त्रीलाई बोलाइएको भएपनि नेकपा९माओवादी केन्द्र०को केन्द्रीय कमिटी बैठकका कारण गृहमन्त्री आउन नसक्ने जानकारी आफूलाई गराएको बताए । उनले मुलुकको तस्बिर डरलाग्दो देखिएको भन्दै सबैले जिम्मेवार भएर सडक, सदन र समितिमा गम्भीर रूपले अगाडी जानुपर्ने बताए ।



प्रतिक्रिया दिनुहोस !