१४ आश्विन २०८१, सोमबार

सुन तस्करी प्रकरणबारे प्रधानमन्त्री र गृहमन्त्रीको जवाफ संसदमा सुन्नुपर्छः महामन्त्री शर्मा

प्रकाशित मिति :  4 August, 2023 6:12 pm


काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले नक्कली सुन तस्करी प्रकरणको सम्बन्धमा प्रधानमन्त्री र गृहमन्त्रीले संसद बैठकमा जवाफ दिनुपर्ने बताएका छन् ।

शुक्रबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै महामन्त्री शर्माले सुन तस्करी प्रकरणको सम्बन्धमा प्रधानमन्त्री र गृहमन्त्रीको जवाफ संसद बैठकमा खोज्नुपर्ने बताए ।

उनले प्रधानमन्त्री र गृहमन्त्रीको जवाफ सुन्ने अधिकार सिंगो संसदको भएको भन्दै अविलम्व संसद सुरु हुनुपर्ने उल्लेख गरे । उनले सुन प्रकरणको गहिराइमा गएर छानबिन हुनुपर्ने पनि बताए । उनले छानबिनको माग गर्दै संसद बैठक अवरुद्ध गर्नु समस्याको समाधान नभएको भन्दै छलफलबाट समाधानमा पुग्नुपर्ने उल्लेख गरे ।

उनले विमानस्थलबाट सरकारको कमजोरीका कारण सुन तस्करी भएको भन्दै सिनामंगल चोकमा सरकारले नै सुन समातेको पनि उनले उल्लेख गरे ।



प्रतिक्रिया दिनुहोस !