१४ आश्विन २०८१, सोमबार

बाबुराम भट्टराई र विप्लवसँग पार्टी एकता प्रकृया अगाडी बढाउनुपर्नेमा नेता शर्माको जोड

प्रकाशित मिति :  5 August, 2023 4:53 pm


काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले डा. बाबुराम भट्टराईको नेपाल समाजवादी पार्टी र नेक्रविक्रम चन्द विप्लवले नेतृत्व गरेको नेकपाबिच एकता प्रकृया अगाडी बढाउनुपर्नेमा जोड दिएका छन् ।

काठमाडौँमा जारी केन्द्रीय कमिटी बैठक आफ्ना धारणा राख्दै भट्टराई र विप्लवसँग पार्टी एकताको प्रकृया अगाडि बढाउनुपर्नेमा जोड दिएका हुन् ।

भट्टराइको नेसपासँग एकताको लागि भएको सहमति अनुसार अगाडि बढ्नुपर्ने र विप्लव नेतृत्वको पार्टीलाई कार्यदिशामा सहमत गराई एकता प्रक्रियालाई अगाडि बढाउनुपर्ने सुझाव राखे ।

उनले भने,“ पार्टी विभाजन लगत्तै माओवादी पुनर्गठन अभियान सञ्चालन गरी नियमित छलफल अन्तरक्रिया र बैठकमार्फत पार्टीमा फर्कने वातावरण बनाएको स्मरण गराउन चाहन्छु । आज पनि बाबुराम भट्टराइको नेसपासँग एकताको लागि भएको सहमति अनुसार अगाडि बढ्नुपर्छ । यसै गरी विप्लव समूहलाई वर्तमान पार्टीको कार्यदिशामा सहमत गराई एकता प्रक्रियालाई अगाडि बढाउनुपर्छ । ”

माओवादी धारालाई अब समाजवादी धारामा रुपान्तरण गरी सोही अनुसार हाम्रो सैद्धान्तिक मार्गनिर्देशन तयार गर्नुपर्ने शर्माको भनाई थियो ।

जनसम्बन्ध विस्तारका लागि गरिबी न्यूनिकरणका साथै जनजिविकाका प्रश्नहरूमा जनताकाबिचमा अन्तरक्रिया, प्रचार र संघर्षमार्फत समस्या समाधानको नेतृत्व गर्नुपर्नेमा उनले जोड दिए ।



प्रतिक्रिया दिनुहोस !