१४ आश्विन २०८१, सोमबार

आइतवार देशैभरी हल्कादेखि भारी वर्षाकाे सम्भावना 

प्रकाशित मिति :  6 August, 2023 7:31 am


काठमाडाैँ । आइतवार देशभर पानी पर्ने सम्भावना रहेकाे जल तथा माैसम विज्ञान विभागले जनाएकाे छ ।

विभागका अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही र  मधेश  प्रदेशको थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

त्यसैगरी कोशी, मधेश,बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको साथै गण्डकी प्रदेशका एक वा दुई स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना रहेको विभागकाे बुलेटिनमा उल्लेख छ ।

माैसम पूर्वानुमान बुलेटिनमा भनिएकाे छ, “नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भू-क्षय तथा हावा हुरी जस्ता प्रकोप हुन सक्ने भएकोले जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा  हुन सक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।”



प्रतिक्रिया दिनुहोस !