१४ आश्विन २०८१, सोमबार

अब अनलाइनबाटै प्रहरी रिपोर्ट प्रमाणीकरण गरिने

प्रकाशित मिति :  6 August, 2023 1:04 pm


काठमाडौँ । आजदेखि प्रहरी चारित्रिक प्रमाणपत्र (रिपोर्ट) लाई पूर्ण रुपमा अनलाइन माध्यमबाट प्रमाणीकरण गरिने भएको छ ।

परराष्ट्रमन्त्री एनपी साउदले काठमाडौँको त्रिपुरेश्वरस्थित कन्सुलर सेवा विभाग पुगेर उक्त सेवाको उद्घाटन गरेका छन् ।

अनलाइन प्रणालीबाट फारम भर्ने र रिपोर्ट लिने व्यवस्था सञ्चालनमा आएपछि प्रहरी चारित्रिक प्रमाणपत्रको प्रमाणीकरणका लागि सेवाग्राही स्वयम उपस्थित हुनुपर्ने, काठमाडौँ आएर घण्टौं लाइन बस्नुपर्ने बाध्यता अन्त्य हुने भएको छ ।



प्रतिक्रिया दिनुहोस !