१४ आश्विन २०८१, सोमबार

माओवादी केन्द्रले ‘जनतासँग माओवादी’अभियानका लागि संयोजक तोक्यो

प्रकाशित मिति :  6 August, 2023 4:23 pm


काठमाडौँ । नेकपा माओवादी केन्द्रले तीन महिने अभियानका लागि संयोजकहरू तोकेको छ ।

माओवादी केन्द्रले ‘जनतासँग माओवादी’ अभियान तय गर्दै प्रदेश संयोजक तोकेको हो ।

अभियानका लागि लुम्बिनीमा हितमान शाक्य,कर्णालीमा मातृका यादव,सदूरपश्चिम प्रदेशमा डिलाराम आचार्य तोकिएका छन् ।

यस्तै कोशी प्रदेशमा बलदेव खनाल, मधेसमा लिलामणि पोखरेल र बागमतीमा जनार्दन शर्मालाई जिम्मेवारी दिइएको छ ।

यस्तै सम्पर्क विशेषमा गिरिराजमणि पोखरेल र जवर्गीय संगठनको इन्चार्जमा वर्षमान पुन तोकिएका छन् ।



प्रतिक्रिया दिनुहोस !